बाढीमा परी भारतमा १ सय ८४ जनाको मृत्यु

109

काठमडौं, श्रावण २८:भारतमा बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ । बाढीका कारण दश लाख विस्थापित भएका छन् । भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि बाढीले धनजनको क्षति गरेको हो । केरामा मात्र ७६ जनाको मृत्यु भएको छ भने ५८ जना अझै हराइरहेका छन् । केरला राज्यका करिव ३ लाख मानिस नराम्रोसँग प्रभावित भएका छन् । कर्नाटक राज्यमा पनि ४२ जनाको मृत्यु भएको छ । बाढीले राजमार्ग र अन्य बाटोहरुमा क्षति भएकाले सवारी साधन संचालनमा समेत समस्या आएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here