सुपर कपको उपाधि लिभरपुललाई

46

काठमाडौं, श्रावण ३० : चेल्सीलाई हराउँदै लिभरपुल फुटबल क्लवले सुपर कपको उपाधि जितेको छ । गए राति टर्कीको राजधानी एनकारामा भएको खेलमा चेल्सीलाई टाईब्रेकरमा पराजित गर्दै लिभरपुलले चौथो पटक सुपर कपको उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निणर्य टाईब्रेकरमा गरिएको थियो । जसमा लिभरपुल ५–४ ले विजयी बन्यो । लिभरपुलको जितमा साडियो मानेले दुई गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको ३६ औ र अतिरिक्त समयमा चेल्सीले गोर गरेको थियो भने लिभरपुलले खेलको ४८ औ र ९५ औ मिनेटको गोल गर् सफल भएको थियो । बराबरी पछि टाईब्रेकरमा गएको खेलको पेनाल्टी सुटआउटमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले उपाधि जित्यो । युरोप महादेशको दुइवटा ठूला फुटबल प्रतियोगिता युरोपा लिग र च्याम्पियन्स लिगको विजेता बीच सुपर कप खेलाउने गरिन्छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here