अमेरिकी शेयर बजार घट्दो

35

काठमाडौं, श्रावण ३० : अमेरिका र चीन बीच बढ्दो व्यापार विवादले विश्व आर्थिक बजारमा पार्न सक्ने संभाव्य खतराको आंकलन गरेका व्यवसायी र लगानीकर्ताहरुको निराशा अमेरिकी शेयर बजारमा देखापरेको छ । दुइ ठूला अर्थतन्त्रबीचको व्यापार टकरावले पार्न सक्ने प्रभावको डरले लगानी घट्दा अमेरिकाको मुख्य तिनवटा शेयर बजारको कारोवारमा तीन प्रतिशतले गिरावट आएको छ । चीन लगायत युरोपसंगको अमेरिकी व्यापार सम्वन्ध र पछिल्लो पटक राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको केन्द्रीय बैंकले लगाउदै आएको व्याजदरमा हेरफेर गर्ने बारेमा दिनुभएको टिप्पणीलाई लिएर लगानीकर्ताहरु भयभित देखिएका छन् । त्यही डरका कारण सुरक्षित लगानीका लागि लगानीकर्ताहरुले सुनमा लगानी गरिरहेको वजार विश्लेषकहरुले बताएका छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here