हङकङको विरोध आतंकबाद नजिक पुगेको चीनको आरोप

39

काठमाडौं, श्रावण ३० :  हङकङमा जारी द्वन्द दिनदिनै हिंसात्मक बन्दै गइरहेको भन्दै चीनले प्रदर्शनकारीहरुको व्यवहार आतंकवाद नजिक पुगेको आरोप लगाएको छ । विगत केही दिनदेखि हङकङ विमानस्थलमा जारी शान्तिपूर्ण प्रदर्शनमा मंगलबार राति प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ । प्रदर्शन सम्बन्धी सार्वजनिक भएको भिडियोमा झडपका क्रममा प्रहरीलाई छडी प्रहार गर्ने प्रदर्शनकारीलाई प्रहरी अधिकारीले बन्दुक ताकेको दृश्य सार्वजनिक भएको छ । चीनले हङकङमा जारी प्रदर्शन आतंकवादी गतिविधिसँग सम्बन्धित रहेको भन्दै यसै हप्ता दोस्रोपटक सार्वजनिक रुपमै आफ्नो धारणा राखेको छ । केही पर्यवेक्षकहरुले चीनले हङकङका विषयमा आफ्नो धैर्यता तोड्न सक्ने र प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने आशंका समेत गरेका छन् । कतिपयले भने चीनले हस्तक्षेप गर्ने डर देखाएर प्रदर्शनकारीलाई गलाउन खोजिएको विश्लेषण गरेका छन् । हालसम्म चीनको हङ्‍कङसम्बन्धी उच्च नीति निर्माता कार्यालयले प्रहरीले नै स्थिति नियन्त्रण गर्ने विश्वास प्रकट गरिरहेको छ। बेसिक ल भनिने हङ्‍कङको सङ्क्षिप्त संविधानमा हङ्‍कङ सरकारले आग्रह नगरेसम्म चिनियाँ सैनिक हस्तक्षेप हुननसक्ने व्यवस्था छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here