हङकङको विषयमा अमेरिकी चासो

36

काठमाडौं, श्रावण ३१ :संयुक्त राज्य अमेरिककाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा जारी विरोध प्रदर्शन अन्त्य गर्नका लागि प्रदर्शनकारीहरुसंग भेट गर्न चिनिया समकक्षि सि जिङ पिङ लाई सुझाव दिनुभएको छ । कानून परिमार्जनको विषयलाई लिएर हङकङमा झण्डै तिन महिना अघिबाट जारी सरकार विरोधी प्रदर्शनको शान्तिपूर्ण समाधानका लागि  राष्ट्रपति सिले प्रदर्शनरतहरुलाई भेट्नुपर्ने धारणा ट्रम्पले व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रपति सिले समस्याको उचित समाधान पहिल्याउनेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताउनुभएको छ । यस अघी उहाँले राष्ट्रपति सिलाई स्वयं आफैंले भेटेर हङकङको विषयमा छलफल गर्ने बताउनुभएको थियो । एउटा विवादास्पद सुपुर्दगी विधेयकको विषयलाई लिएर हङकङमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले विमानस्थल र रेल मार्गमा समेत अवरोध पुर्याएका छन् । चीनले भने प्रदर्शनको कुनै औचित्य नभएको बताउदै आएको छ । हङकङ प्रहरीले आन्दोलनमा सहभागी ७४८ जना प्रदर्शनकारीलाई पक्राउ गरिसकेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here