दुई कोरियाली प्रायद्विपबीच पुन: विवाद

36

काठमाडौं, श्रावण ३१ :उत्तर कोरियाले दक्षिण कोरियासंग अब कुनै पनि तहमा वार्ता र संवादको संभावना सकिएको बताएको छ । आगामी सन् २०४५ सम्ममा दुबै कोरियालाई गाभेर एउटै बनाउने योजना सम्वन्धमा दक्षिण कोरियाली राष्ट्रपतिको भनाइप्रति आक्रोश व्यक्त गर्दै उत्तरले संवादको कुनै गुञ्जायस बाँकी नरहेको प्रतिक्रिया दिएको हो । दक्षिण कोरियासंगको सम्वन्धका विषयमा विज्ञप्ती जारी गर्दै उत्तरले यो र अब शृजनाहुने सबै परिस्थितिको जिम्मेवार दक्षिणनै हुने बताएको छ । जापानबाट स्वतन्त्र भएको स्वतन्त्रता बर्षगाठँका अवसरमा आयोजित कार्यक्रममा दक्षिण कोरियाली राष्ट्रपतिले दुवै कोरिया सन् २०४५ सम्ममा एक हुने बताउनुभएको थियो । अमेरिकासंग संयुक्त सैनिक अभ्यास गरेको भन्दै दक्षिण देखि रुष्ट उत्तर कोरिया राष्ट्रपतिको भनाइ पछि थप आक्रोशित बनेको हो । सैन्य अभ्यास सुरु भएयता उसले लगातार छ पटक क्षेप्यास्त्र पनि परिक्षण गरेको छ । यसैबीच दक्षिण कोरियाली सेनाले आज विहान मात्रै पनि उत्तर कोरियाले पुर्वी तटमा दुइवटा क्षेप्यास्त्र परिक्षण गरेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संगको वार्ता भंग भएयता उत्तरको यो छैठौं परिक्षण हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here