जिम्बाबेमाथि लागेको प्रतिवन्ध फुकुवा गर्न आग्रह

65

काठमाडौं, भाद्र २: सोह्र अफ्रिकी राष्ट्रहरुको समूहले संयुक्त राज्य अमेरिका र युरोपेली संघलाई जिम्बाबे माथि लादिएको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा गर्न आग्रह गरेका छन् । दक्षिण अफ्रिकी विकास समुदाय सान्ड्याकका अध्यक्ष समेत रहनु भएका तान्जानियाका राष्ट्रपति जोन म्यागुफुलीले प्रतिबन्धको नीतिले यो क्षेत्रलाई नै नोक्सान पुर्‍याएको बताउनु भयो । सन् २००२ मा रोबर्ट मुगावे राष्ट्रपति भएका बेला सो प्रतिबन्ध लगाइएको थियो । राष्ट्रपति इमर्सन मान्गावा प्रतिबन्धका कारण विकासमा पछि परेको आरोप लगाउनु भयो । झण्डै दुई दशक आर्थिक रुपमा एक्ल्याइएको जिम्बाबेमा प्रतिबन्ध फुकुवा गरिएपछि मात्रै पश्चिमा लगानीकर्ताहरुलाई आकर्षित गर्न सकिने राष्ट्रपति मान्गावाको भनाई छ । उच्च मुद्रा स्फितिका कारण जिम्बाबे इन्धन, विद्युत, पानी लगायतका आधारभूत आवश्यकताको अभाव झेलिरहेको छ । जिम्बावेमा हाल मुद्रा स्फिति दश वर्षकै सबैभन्दा उच्च भएको छ । जसले गर्दा कर्मचारीको तलब र पेन्सन कटौती गरिएको छ । गत अप्रिलदेखि यता पाउरोटीको मूल्य पाँच गुनाले बढेको छ । झण्डै ५० लाख जिम्बाबेलीहरुलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here