बेलायतमा सम्पूर्ण यूरोपेली कानूनहरुलाई खारेज गर्ने निर्णय

55

काठमाडौं , भाद्र २ : युरोपेली संघबाट बेलायतको बहिर्गमन ब्रेक्जिटको विषयमा थप निर्णय लिदै बेलायतले सम्पूर्ण यूरोपेली कानूनहरुलाई बेलायतमा खारेज गर्ने निर्णय गरेको छ । ब्रेक्जिट योजना कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको बेलायती यो कदम पछि अब कुनै पनि युरोपेली कानून बेलायतका लागि बाध्यात्मक हुने छैनन् । बेलायतका ‘ब्रेक्जिट’ मन्त्री स्टेफन बार्कलेले आगामी अक्टोबर ३१ तारिखबाट लागु हुने गरि सबै यूरोपेली कानूनलाई खारेज गर्ने निर्देशनमा हस्ताक्षर गरिसक्नुभएको बेलायती सरकारले पुष्टी गरेकोछ । युरोपेली यूरोपेली संघबाट बेलायतको बहिर्गमन हुने मिति नजिकिँदै जाँदा बेलायत इयूको सदस्य नरहने अवस्थामा उक्त कानूनलाई निलम्बन गर्ने निर्देशन भएको बेलायती सरकारको भनाइ छ । सरकारद्वारा जारी विज्ञप्तिमा सन् १९७२ यता बेलायतले इयूको सदस्य बने देखि मान्दै आएका कानूनलाई नयाँ कानूनी प्रक्रियाको शुरूवात गर्न औपचारिकरूपमा खारेज गर्ने आदेशमा ब्रेक्जिट मन्त्रीले हस्ताक्षर गनुभएको जनाइएको छ । सन् १९७२ मा जारी भएको इयूको कानून ब्रसेल्सस्थित यूरोपेली संसदले जारी गरेको साझा कानून हो । अब आगामी अक्टोबर ३१ बाट बेलायतमा यूरोपेली समुदाय ऐन १९७२ खारेज भइ युरोपेली संघ बहिर्गमन ऐन कार्यान्वयनमा आउने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here