आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौंमा

99

काठमाडौं, भाद्र २ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुँदै छ । पाँच दिनसम्म चल्ने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता हुनेछ । उच्च तहका विदेशी अधिकारीको ठूलो जमघट हुने सम्मेलनको आफ्नै महत्व रहेको बताउँदै महानिर्देशक पोखरेलले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ । आगामी अक्टोबर महीनामा मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिने प्राधिकरणका महानिर्देशक पोखरेलले बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here