विशाल र विनोद नेपाली राष्ट्रिय भलिबल टिमबाट बाहिरिए

56

काठमाडौं,   विशाल विक र विनोद बहादुर चन्द नेपाली राष्ट्रिय भलिबल टिमबाट बाहिरिएका छन् ।

घरेलु भूमिमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबलका लागि १२ खेलाडी मात्र राख्न पाउने भएपछि विशाल र विनोद टिमबाट बाहिरिएका हुन् । 

यसअघि नेपालले प्रतियोगिताका लागि १४ खेलाडी छनोट गरेको थियो । तर, प्रतियोगिताका लागि अन्तिम नामावली पठाउँदा १२ खेलाडी राख्नु पर्ने हुँदा प्रशिक्षक हान एबिङले स्पाइकर विशाल र लिवेरो विनोदलाई टोलीबाट बाहिर राखेको हो । 

प्रतियोगितामा नेपालले अहिले किर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । समूह ‘ए’ मा रहेको नेपालले अर्को खेलमा माल्दिभ्ससँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here