निर्वाचन आयोगद्वारा तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको तयारी

50

निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको लागी सुझाब आब्हवान गरेको छ । स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर आयोगले राजनीतिक दल र सरोकारवाला निकायमा पत्राचार नै गरेर सुझाब आह्वान गरेको हो ।   

निर्वाचन आयोगले आफूलाइ स्वायत्त बनाइ आवधिक निर्वाचनलाई व्यावसायिक र विश्वसनीय बनाउने गरी रणनीतिक योजनाको मस्यौदा तयार गरेको छ । आयोगले आर्थिक बर्ष २०७६÷०७७ देखि २०८०÷८१ सम्मको लागि तयार पारेको योजना मस्यौदामा निर्वाचनलाइ प्रविधियुक्त बनाइ मतदानस्थलमै मतगणना गर्ने, राजनीतिक दललाई मतका आधारमा अनुदान दिने, एकीकृत निर्वाचन कानून तर्जुमा गर्ने लगाएतका विषय समेटिएको छ । 

रणनीतिक योजना कार्यान्वयनबाट आयोग र मातहतका कार्यालयहरुलाई सङ्घीय संरचना अनुकूल पुनःसंरचना गर्न तथा निर्वाचन कार्यतालिका अनुरूप निर्वाचन तयारी गर्न र व्यवस्थापन गर्न सहज हुने छ । नयाँ योजनाले अभिलेख तथा तथ्याङ्क व्यवस्थित हुनुका साथै आचार संहिताको पालना तथा निर्वाचन शिक्षामा मतदाताको पहुँच वृद्धि गराउने हुँदा मतदानमा सहभागीता दर समेत बढ्ने आयोगको विश्वास छ । 

प्रस्तावित रणनीतिक योजना कार्यान्वयनका लागि करिव आठ अर्ब पाँच करोड ६० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनमा नागरिक एवं सरोकारवालाको सहभागिता, सहकार्य र साझेदारी बढाउने गरी कार्यक्रमहरु तयार पारिने छन् । योजनाका लागि पाँचवटा रणनीति र ती अन्तर्गत ४० वटा कार्यनीतिको पहिचान गरिएको छ । कार्यनीति कार्यान्वयनका लागि पाँच वर्षको कार्ययोजनासमेत तयार गरी ५६ वटा क्रियाकलाप पहिचान गरिएको आयोगले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here