राष्ट्रपतिसंग भारतका विदेशमन्त्रीद्वारा भेट

65

काठमाडौं,भाद्र५:राष्ट्रपति विद्यादेवी भण्डारीसंग भारतका विदेशमन्त्री एस जयशंकरले भेट गर्नुभयो ।
राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा उहाँहरुबीच नेपाल-भारत द्विपक्षीय सम्बन्धका बारे छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराज र दिल्लीका पूर्व मुख्य मन्त्री शिला दिक्षितको निधनमा शोक व्यक्त गर्नुभयो । राष्ट्रपतिले भारतीय विदेश मन्त्री मार्फत भारतका राष्ट्रपतिलाइ नेपाल भ्रमणको निम्तो पनि दिनुभयो । भेटका बेला दुबै देशका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here