नेपाल कम्युनिष्ट पार्टीको सचिवालयमा तत्कालकालागि सदस्य थप नहुने

66

काठमाडौं,भाद्र५: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ ।
यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेमा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राख्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकपछि पत्रकारको जिज्ञासामा सचिवालय सदस्य वामदेव गौतमले सचिवालयमा सदस्य थप्ने बारे छलफल हुन बाँकी रहेको बताउनु भयो । नेता गौतमले एकतापछि केन्द्रीय विभाग गठन भएकाले अब अन्य साङ्गठनिक कामले पनि गति लिने बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here