प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान

121

काठमाडौं, भाद्र५: प्रधानमन्त्री के.पी.शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुरतर्फ प्रस्थान गर्नुभएको छ। यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म सिङ्गापुरस्थित न्याशनल युनिभर्सिटी अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस क्रममा उहाँको मिर्गौला सम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको हुँदा एण्टीबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री पुनः सिङ्गापुर जानुभएको हो । सिङ्गापुरमा उहाँको मिर्गौलाको थप परीक्षण तथा क्षमता वृद्धिका लागि आवश्यक उपचार समेत गरिने प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दीव्या सिंहले जानकारी दिनुभएको छ । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि जानुभएको छ । प्रधानमन्त्री ओली आज काठमाडौंबाट सि‌ंगापुर प्रस्थान गर्नुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, पार्टीका नेताहरू लगायत अन्य गण्यमान्य व्यक्तिहरूले विदाई गर्नुभएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here