श्रीकृष्णजन्माष्टमी’ पर्व मनाईदैं

91

काठमाडौं, भाद्र६: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अर्जुनलाइ उपदेश दिने क्रममा श्रीकृष्णका मुखारविन्दबाट व्यक्त पवित्र ग्रन्थ गीता विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको धाार्मिक ग्रन्थ भएको विश्वास गरिन्छ । आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here