एभिसी मेन्स पुरुष भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानलाई

43

काठमाडौं, भाद्र ८ : नेपालले आयोजना गरेको एभिसी एशियन सेन्ट्रल जोन सिनियर मेन्स पुरुष भलिबल च्याम्पियनसिपको पाचौं संस्करणको उपाधि कीर्गिस्तानले जितेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको हिजो भएको फाइर्नल खेलमा उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै कीर्गिस्तानले दोस्रो पटक च्याम्पियनशिपको उपाधि हात पार्यो । कीर्गिस्तानलाई हरेक सेटमा कडा टक्कर दिए पनि उज्वेकिस्तानले पहिलो सेट २६–२४, दोस्रो सेट २७–२५ र अन्तिम सेट २५-१९ ले गुमायो र कीर्गिस्तान विजयी भयो । च्याम्पियनसिपको उपविजेता उज्वेकिस्तान बन्यो भने तुर्केमिनिस्तान तेस्रो  र माल्दिभ्सले चौथो स्थान हाशिल गरे । उपाधि नै जित्ने लक्ष्य राखेको आयोजक नेपालले भने पाचौं स्थानमा चित्त बुझाउनुपर्यो । सात वटा टोलीको सहभागिता रहेको प्रतियोगितामा अफगानिस्तान छैटौ र बंगलादेश पुछारमा रह्यो । ब्यत्त्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी कीर्गिजस्तानका ओनोल्बेक उलु घोषित भए । त्यस्तै उत्कृष्ट सेटर पनि कीर्गिजस्तानकै साइद जमालुलिन बने । उज्वेकिस्तानका अजिज बेक उत्कृष्ट लिब्रो घोषित भए । भदौ २ गते देखि सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रको सहभागिता थियो । सेन्ट्रल जोनको छैटौं संस्करण भने अर्को वर्ष बंगलादेशमा हुने तय गरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here