नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र मलेसियाको सुपर लिग विजेता क्लवबीच फुटबल खेल हुँदै

77
The Nepali national football team pose for a photo before the internatioanl friendly match againt Bangladesh kicked-off at the Bangabandhu Stadium on Thursday, December 17, 2015. Photo: ANFA

काठमाडौं, भाद्र ९ :  नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियाको सुपर लिग विजेता क्लवसंग संग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली राष्ट्रिय टोलीले मलेसियन सुपर लिगको विजेता जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली गत शनिवार नै मलेसिया गइसकेको छ । मलेसियाली क्लव विरुद्ध खेल्ने नेपाली टोलीको गोलरक्षकमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन् । यसैगरी मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन् । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल अन्तर्गत एशियाको दोस्रो चरण छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ छन् । नेपालले खेल्न लागेको मैत्रिपूर्ण खेल फिफा विश्वकपको छनोटका लागि महत्वपूर्ण हुने विश्वास अखिल नेपाल फुटबल संघ एन्फाले लिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here