U-15 फाइनल चरण प्रवेशका लागि नेपाल र भुटान खेल्दै

59

काठमाडौं, भाद्र १३: पन्ध्र वर्षमुनिको साफ पुरुष फुटबल च्याम्पियनशिपको फाइनल चरण प्रवेशका लागि नेपालले आज भुटान विरुद्ध निर्णायक खेल खेल्दैछ । भारतमा भइरहेको पाँचौं संस्करणको साफ यू-१५ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्नलागेको हो । अस्ति मंगलबार भएको खेलमा बंगलादेशलाई ४–१ ले हराउदै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको नेपालले आजको खेलमा भुटानलाई हराएमा फाइनल पुग्ने संभावना लगभग पक्का हुनेछ । अंकविहीन भुटान कमजोर भएकाले पनि नेपालले फराकिलो जित निकाल्ने अपेक्षा गरिएको हो । तर गोल अन्तरका आधारमा नेपाल अगाडि रहे पनि नेपाल र बंगलादेशको समान ६/६ अंक छ । आजै अंक तालिकाको शिर्ष स्थानमा रहेको भारतले बंगलादेशसंग खेल्दैछ । उक्त खेलमा बंगलादेशले भारतलाई कम्तीमा ४ गोलको अन्तरले पराजित गरेमा र नेपालले भुटान विरुद्ध थोरै गोल अन्तरमा मात्रै जित हाशिल गरेमा भने नेपाल पछाडि पर्ने सम्भावना हुन्छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । खेल दिउँसो सवा १२ बजे सुरु हुने कार्यक्रम छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here