चितवनमा डेङ्गु र स्क्रवटाइफसका कारण तीन जनाको मृत्यु

117

काठमाडौं, भाद्र : चितवन जिल्लामा डेङ्गु र स्क्रवटाइफसका कारण तीन जनाको मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुषको डेङ्गुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षीय पुरुषको स्क्रवटाइफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासी १६ वर्षीय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । साउनयता एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो । अझै यसको सङ्क्रमण बढ्दो सङ्ख्यामा रहेको उहाँले बताउनुभयो । यसैबीच जिल्लामा स्क्रवटाइफसको सङ्क्रमण पनि बढेको देखिएको छ । साउनयता ५०६ जनाको परीक्षण गरिएकोमा ४० जनामा सो रोगको सङ्क्रमण देखिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here