त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घन्टा बन्द हुने

75

काठमाडौं, भाद्र १५: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि आज देखि दैनिक ७ घन्टा बन्द हुने भएको छ । विमानस्थल स्तरोन्तीकरणको दोस्रो चरण अन्तर्गत् निर्माणका लागि राति साढे ११ बजेदेखि विहान ६ बजेसम्म बन्द गर्न लागिएको जनाइएको छ । पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नती गरिएको थियो । त्यसको ९५ प्रतिशत काम पूरा भएको विमानस्थलले जनाएको छ । दोस्रो चरणमा ट्याक्सी वे र लिंक रोड निर्माणको काम हुनेछ । यो काम पूरा हुन करिब ४ महिना लाग्ने अनुमान गरिएको छ । विमानस्थल सात घन्टा बन्द भए पनि नेपाल वायु सेवा निगमको जापानको ओसाका उडानमा भने असर नगर्ने जनाइएको छ । राति साडे २ बजे ओसाका उडान गर्दै आएको निगमको जहाज उडानका लागि आधा घन्टा निर्माणको काम रोकिने जनाइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here