बर्षाको प्रभावमा केही जिल्लाहरु

96

काठमाडौं, भाद्र १५: दुइदिन यता देशका विभिन्न स्थानमा लगातार बर्षा भएको छ । भारी बर्षासंगै आज विहान देखि रूपन्देहीको सुर्यपूरा, लुम्बिनी, सैनामैना लगायतको क्षेत्रमा रहेका नदी तथा खोलामा पानीको सतह बढेको छ । खासगरी कञ्चन् र तिनाउखोलाको तल्लो तटिय क्षेत्र र आसपासका स-साना खोलामा खतराको तह सम्मको बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन आग्रह गरेको छ । यसैबीच आज र भोली देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै मध्य तथा पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानका साथै पूर्व र मध्यका केही हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here