पहिरोले स्याफ्रुबेंसी –रसुवागढी सडक खण्ड अबरुद्द

76

काठमाडौं, भाद्र १५: गए राति परेको अबिरल बर्षाका कारण रसुवाको पासाङल्यामु सडकको स्याफ्रुबेंसी –रसुवागढी सडक खण्ड अन्तर्गत कालाङ कुलुङ पुल नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ  । पहिरोले तातोपानीमा पनि सडक अबरूद्ध बनाएको छ । पहिरोका कारण ढुङ्गा र माटो बीच सडकमा जम्मा भएपछि रसुवा भएर आवतजावत गर्ने सबै किसिमका यातायातका साधन  सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाएर अबरूद्ध सडक खुलाउने प्रयास विहानै देखि सुरु गरिएको भएपनि पहिरो ठुलो भएकाले आज दिनभर सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । सडक माथिबाट ढुङ्गा झरिरहेको हुँदा यात्रा गर्दा सचेतता अपनाउन प्रशासनले आग्रह गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here