चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरे

81

काठमाडौं, भाद्र १७ : चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका हुन् । चट्याङ लागेपछि २ सय ५२ भेडा हराइरहेको स्थानीय दुर्गाबहादुर रोकायले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here