धादिङमा व्यवसायीक रुपमा गरिएको गाँजा खेती नष्ट

66

काठमाडौं, भाद्र १७: दक्षिणी धादिङको विभिन्न स्थानहरुमा व्यवसायीक रुपमा हुदै आएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले पहिलो चरणमा गजुरी गाँउपालीका स्थित किरान्चोक र पिंडाको गैरी गाउँमा करिव एक हजार रोपनी जमीनमा लगाएको गाँजा फडानी गरी आगो लगाएर नष्ट गरेको हो । दक्षिणी धादिङ लागु  औषध गाँजा , चरेस ओसार पसार गर्ने मुख्य स्थान भएको र त्यहाँ तीनको खेती समेत हुने गरेको खबरका आधारमा प्रहरीले गाजा खेती नष्ट गर्न सुरु गरेको हो । स्थानीय किसानहरुलाई सरकारद्धारा प्रतिवन्धित् यस्ता खेती नगर्न सचेत बनाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैधवारले बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here