माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा तिव्रता

63

काठमाडौं, भाद्र १७: माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । यसक्रममा आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने काम भइरहेको छ । अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको ठाडो सुरुङमा गत असारमै शुरु गरिएको पेनस्टक पाइप जडानको काम निरन्तर भैरहेको छ । हालसम्म ५२.५ मिटर पेनस्टक पाइप जडान भइसकेको छ । यो सातामा थप २५ मिटर पेनस्टक पाइप राख्ने तयारी गरिएको छ । आयोजनाका अनुसार तल्लो ठाडो सुरुङ ३७२ मीटर लामो रहेको छ भने माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिनाजसो नै आयोजनास्थल पुगी समस्या समाधानमा सहजीकरण गरिरहनु भएको छ । आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो ।  आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने तयारी छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here