काठमाडौ विश्व विद्यालयमा भएको वार्ता विफल

412

काठमाडौं, भाद्र १७: काभ्रेको धुलिखलमा रहेको काठमाडौं विश्वविद्यालयमा विभिन्न मागहरु राख्दै भईरहेको आन्दोलन अन्त्यका लागि हुने भनिएको वार्ता विफल भएको छ । काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्ले गठन गरेको आधिकारीक बार्ता समितिले आन्दोलनरत पक्षसंग औपचारिक रुपमा बार्ता गर्ने भनिएता पनि प्राध्यापक संघले बार्तामा बस्नु अघि नै आफ्ना मागहरुमा उपकुलपतिको प्रतिबद्धता नआएसम्म बार्ता सुरु नगर्ने बताएपछि वार्ता हसन नसकेको हो । विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले भने बार्ता हुनु अगाडी नै बार्ता समिति र प्राध्यापक संघ तथा कर्मचारी संघसंग हुने सम्झौतालाई आधिकारीक रुपमा कार्यान्वयन गर्छु भनेर उपकुलपतिको प्रतिबद्धता भएमा मात्रै बार्तामा बस्ने जनाएको थियो । विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष बेदमणी दाहालले यसअघि भएका धेरै सम्झौतामा  कार्यान्वयन गर्ने वेलामा कुनै सुनुवाई नभएकोले बार्ता अगाडी नै सम्झौताको पूर्ण कार्यान्वयन गर्न उपकुलपतिको प्रतिबद्धता खोजेको बताउनुभयो । ’विश्वविद्यालयले गठन गरेको बार्ता समितिले भने शुक्रवार विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी अनौपचारिक छलफल सकारात्मक भएको भन्दै आईतवार बार्ता गर्ने बताएका थिए । तर कुरा नमिलेपछि आयतवार हुने भनिएको वार्ता बस्न सकेन भने वार्ताका लागि अर्को मिति पनि तोक्न सकिएको छैन् । केयूमा विगत २६ दिनदेखि विभिन्न मागहरु राखेर तालाबन्दी गरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here