डोरियन आँधीका कारण पाँच जनाको मृत्यु

72

काठमाडौं, भाद्र १८ :बहमास द्वीपलाई केन्द्रविन्दु बनाएर आएको डोरियन नामको आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । समुद्रको छाल र भीषण वर्षाका कारण बहमासको जनजीवन अस्त व्यस्त भएको छ । आँधीका कारण बहामासको अन्तर्राष्ट्रिय विमानस्थल ग्रान्ड बहामा सहित केही सहरहरु पानीमा डुबेको तस्वीरहरु सार्वजनिक भएका छन् । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले बहमास द्वीपका जनताका लागि यो आँधी इतिहासकै दुःखान्त भएको संज्ञा दिनुभयो । द्वीपबाट उद्धार गरिएका हजारौं मानिस अमेरिकी पूर्वी तटीय क्षेत्रमा आइपुगेका छन् । मौसमविदहरुले डोरियन आँधीलाई आइतबार पाँचौं श्रेणीमा राखेका थिए । राष्ट्रिय आँधीसम्बन्धी केन्द्रका अनुसार मंगलबारका लागि यो आँधी केही कमजोर भएर तेस्रो श्रेणीमा पुग्ने अनुमान गरिएको छ । आँधीले बहमासमा मंगलबार पनि क्षति गर्न सक्ने अमेरिकी प्रक्षेपणकर्ताहरुको अनुमान छ । प्रभावित क्षेत्रका बासिन्दा घरका छत छतमा बसेर उद्दारको प्रतिक्षा गरिरहेका छन् । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा पनि डोरियन आँधीको प्रभाव देखिन थालेको छ । फ्लोरिडामा पनि भारी वर्षा र तीब्र वेगको हावा चल्ने प्रक्षेपण गरिएको छ । मायामीस्थित राष्ट्रिय आँघी सम्बन्धी केन्द्रका अनुसार मंगलबार भीषण आँधीको सम्भावना रहको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here