बेलायती संसदमा ब्रेक्जिटको विपक्षमा बहुमत

50

काठमाडौं, भाद्र १८ : बेलायतको संसदमा प्रधानमन्त्री बोरिस जोनसनको युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी प्रस्ताव ब्रेकजिटको विपक्षमा बहुमत प्राप्त भएको छ । मङ्गलवार राति भएको मतदानमा सरकारको पक्षमा ३०१ मत खसेको छ । यसै गरी विपक्षमा ३२८ मत खसेको छ । प्रधानमन्त्री जोनसनकै पार्टीका २० जनाभन्दा बढी सांसदहरुले विपक्षमा मतदान गरेपछि ब्रेकजिटको विपक्षमा बहुमत प्राप्त भएको हो । यो सँगै प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का लागेको छ ।  जसको अर्थ विपक्षी सांसदहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्नेछन् । संसदमा बोल्दै प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने बताएका छन् । पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसनले संसद्‌मा बहुमत गुमाएका हुन् ।  ६ सय ५० सदस्यीय बेलायती संसद्‌मा कन्जरभेटिभ पार्टीको ३०९ र डेमोक्र्याटिक युनियन पार्टीको १० सांसदसहित जोनसनसँग अब ३१९ सांसदको समर्थन छ भने विपक्षी दलसँग ३२० सदस्य छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here