एसीसी यू-१९ एशिया कप क्रिकेट प्रतियोगिता शुरु

71

काठमाडौं, भाद्र १९: श्रीलंकामा आजबाट एसीसी यू-१९ एशिया कप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । कोलम्बोमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन आज समूह ‘ए’  परेका समूहबीच दुई ओटा खेल हुने कार्यक्रम छ । यस्तै अर्को खेलमा अफगानिस्तान र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा रहेको नेपालले भने प्रतियोगिताको पहिलो खेलमा भोली आयोजक श्रीलंकासंग खेल्नेछ । यसैगरी नेपालको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएई रुद्ध हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here