बेलायतमा प्रधानमन्त्री बोरिस जोनसन कमजोर सावित

66

काठमाडौं, भाद्र १९ : बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले अघी सार्नु भएको युरोपेली संघबाट कुनै सम्झौता बिनै बाहिरने ब्रेक्जिट र अक्टोबर १५ मा निर्वाचन गर्ने दुई ओटै प्रस्तावलाई संसदको तल्लो सदन कमन्सले अस्विकृत गरेको छ । गए राती निकै लामो रस्साकस्सी र बहसबीच भएको प्रस्तावहरु माथिको मतदानमा प्रधानमन्त्रीका दुवै प्रस्ताव बहुमतले विफल भएको हो । यो संगै अक्टोबर ३१ तारिखमा बेलायत इयूबाट बाहिरिने यस अघी निर्धारित मिति अब पछि धकेलिने भएको छ । साथै प्रधानमन्त्री जोनसनले इयूलाई विना सम्झौता बाहिरिने सम्वन्धमा नयाँ मितिका लागि पनि अनुरोध गर्नुपर्ने भएको छ । यसअघि उहाँले विना सम्झौता बाहिरिने र त्यसमा इयूको राय आवश्यक नभएको टिप्पणी गर्दै आउनुभएको थियो । अब प्रधानमन्त्रीका प्रस्ताव संसदको माथिल्लो सदन लर्ड्समा छलफलका लागि लगिने भएको छ जहाँ बुँदागत रुपमा हुने लामो बहसले अझ समय सिमा लम्ब्याउने विविसीले उल्लेख गरेको छ । यसैबीच ब्रेक्जिट कार्यान्वनमा असफल भएको भन्दै प्रधानमन्त्री जोनसन हालसम्मकै असफल प्रधानमन्त्री भन्दै बेलायतबाट प्रकाशितहुने अखबारहरुले समाचार बनाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here