आगामी तीन दिन देशभर मध्यम वर्षाको सम्भावना

124
This image depicts the rain in Asia. Image: Nepal Weather Forecast Twitter

काठमाडौं, भाद्र १९: आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बद्लीसँगै वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । मनसुनको समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय वर्षा हुने क्रम चलिरहने बताइएको छ । आज देशभरि आंशिकदेखि सामान्य बद्ली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि पनि देशभरि आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here