एसीसी यू-१९ अन्तर्गतको दोश्रो खेलमा नेपालको ब्याटिङ

54

काठमाडौं, भाद्र २२ : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले बंगलादेश विरुद्ध पहिले ब्याटिङ रोजेको छ । कोलम्बोमा भइरहेको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । समूह ‘बी’मा रहेको नेपालले समूह चरणमा खेलेको पहिलो खेल हारेकोले अघिल्लो चरणमा पुग्न बंगलादेश विरुद्धको आजको खेल जित्नु पर्नेहुन्छ । अस्ति भएको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो । पहिलो खेलमा यूएईमाथि सहज जित दर्ता गराएको बंगलादेश नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । नेपाल र बंगलादेशबीच उमेर समूह अन्तरगत भएका पछिल्लो पाँच प्रतिस्पर्धामा बंगलादेश चार खेलमा विजयी भएको छ भने एउटा खेल वर्षाका कारण रद्ध भएको थियो । त्यसैले पनि आजको खेलमा जीत निकाल्न नेपालका लागि त्यति सहज भने देखिदैन । बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन् । नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग पर्सी खेल्नेछ । यसैबीच समूह ए अन्तरगतको खेलमा लगातार दुई खेल जित्दै भारत र अफगानिस्तान सेमिफाइनल चरणमा प्रवेश गरिसकेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here