युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलको उपाधि नाडाललाई

41

काठमाडौं, भाद्र २३: स्पेनिस खेलाडी राफल नाडालले युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकल उपाधि जितेका छन् । रसियाका डेनियल मेदभेदेभ संग भएको निकै नै प्रतिस्पर्धात्मक फाइनल खेल ७–५, ६–३, ५–७, ४–६ र ६-४ ले जित्दै नाडालले उपाधि हात पारेका हुन् । खेलको पहिलो दुइ सेटमा अग्रता बनाएका नाइलले तेस्रो र चौथो सेट भने गुमाएका थिए । निर्णयक बनेको पाँचौं सेटमा प्रतिस्पर्धी मेदभेदेभलाई ६–४ ले हराउदै नाडाल जित निकाल्न सफल भए । यो जीत विश्व टेनिसको दोस्रो वरियताका नाडालका लागि १९ औ ग्रान्डस्लाम उपाधि पनि हो । जितपछि संक्षिप्त प्रतिक्रया दिदै नाडालले उपाधि भिडन्त निकै रोमाञ्चक रहेको बताए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here