तालिवानसँगको बार्ता भाँडियो

58

काठमाडौं, भाद्र २३: अफगानिस्तानमा शान्ति स्थापनाका लागि संयुक्त राज्य अमेरिकाले तालिवान विद्रोहीसमूहसंग गर्न लागेको शान्ति सम्झौता अन्तिम समयमा भाडिएपछी तालिवानले त्यसको सबैभन्दा ठूलो मूल्य अमेरिकाले नै चुकाउनुपर्ने चेतावनी दिएको छ । अफगानिस्तानमा १८ बर्ष लामो युद्ध अन्त्य गरि शान्ति कायमगर्न विगत एक बर्षदेखि गोप्य वार्ता हुदै आएको थियो । त्यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तारत तालिवान नेताहरुलाई भेट गरि शान्ति सम्झौता गर्ने कुरा भएका बेला अन्तिम समयमा वार्ता भंग भएको थियो । अफगानिस्तानमा अमेरिकी सैनिक माथि आक्रमण भएपछि त्यसबाट रुष्ट राष्ट्रपति ट्रम्पले वार्ता भंग भएको बताउनुभएको थियो । वार्ता भंग गर्ने ट्रम्पको निर्णय पछि विज्ञप्ति जारी गर्दै तालिवानले सबै कुरा सकारात्मक भएका बेला वार्ता तोडिएकोले त्यसको जिम्मा पनि अमेरिकाले नै लिनुपर्ने बताएको छ । यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवान समूह प्रतिवद्धतासहित आएमा थप वार्ताको सम्भावना रहेको बताउनुभएको छ । वार्तामा अमेरिकाले चरणबद्ध रुपमा आफ्ना सैनिक फिर्ता लैजाने र अफगानिस्तानमा स्थायी शान्ती कायम गर्न दुबै पक्षले सघाउने विषयमा छलफल भइरहेको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here