पुरुषको भेषमा रंगशाला छिरेकी महिलाद्वारा आत्महत्या

62

काठमाडौं, भाद्र २५: इरानमा फुटबल हेर्नैका लागि भेष बदलेर पुरुषका रुपमा रंगशाला प्रवेश गर्ने क्रममा भेद खुलेपछि पक्राउ परेकी एक जना महिलाले आफैंलाई आगो लगाएर आत्म हत्या गरेकी छिन् । एक हप्ता अघी भएको घटनामा आगोले जलेर गम्भिर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । इरानमा फुटबल लोकप्रिय छ । तर महिलाहरुलाई रंगशाला प्रवेश गर्न भने अनुमति छैन ।  घटना पछी विश्वभर रहेका इरानी र अन्य खेल समर्थकहरुले सामाजिक सञ्जालमा उनको पक्षमा अभियान चलाएका थिए । निलो रंग इरानको निकै लोकप्रिय फुटबल क्लव इस्टेगालको रंग भएकोले त्यसैको प्रतिक स्वरुप उनलाई ब्लु गर्ल नाम दिइएको थियो । उनको मृत्यु पछि भने महिला माथी लिङ्गका आधारमा विभेद भइरहेको भन्दै इरान सरकारको आलोचना भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here