कश्मिरमा आंशिकरुपमा टेलिफोन सेवा सुरु

37

काठमाडौं, भाद्र २५: भारतको केन्द्रीय सरकारले विशेष राज्यको हैसियत हटाउटै केन्द्र मातहत ल्याएपछि सञ्चार सम्पर्क विच्छेद गराइएको कश्मिरमा आंशिकरुपमा टेलिफोन सेवा सुरु गरिएको छ । एक करोड बढी जनसंख्या रहेको कश्मिरमा एक महिना अघीबाट सबै टेलिफोन, मोवाइल र इन्टरनेट सेवा बन्द गर्दै निषेधाज्ञा जारी गरिएको थियो । सञ्चार सेवा बन्द भए पछि त्यहाँका स्थानीय आफ्ना नजिकका आफन्त र साथिभाइकै बारेमा बेखबर बनेका थिए । हिजोबाट आंशिक रुपमा ल्याण्डलाइन टेलिफोन र हुलाक सेवा सुरु गरिएपछि टेलिफोन बुथहरुमा फोन गर्न जानेहरुको घुईचो नै लागेको छ । स्थानीयले मोवाइल फोनको व्यापकता संगै यस अघी खासै प्रयोगमा नरहेको ल्याण्डलाइन टेलिफोन लाइन समेत जोड्न थालेका छन् । सुरक्षाकर्मीहरुले केही सडक चोकहरुमा अस्थायी टेलिफोन बुथ पनि राखिदिएका छन् । बुथमा आउने धेरैले भारतकै अन्य शहर र विदेशमा रहेका आफन्त र साथीभाइहरुसंग कुराकानी गरिरहेको बताइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here