इराकमा भागदौडको क्रममा ३१ जनाको मृत्यु

44

काठमाडौं, भाद्र २५: इराकी शहर कार्बालामा मङ्गलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा ३१ जनाको मृत्यु भएको छ । भागदौडका क्रममा कम्तीमा १०० जना घाइते भएको इराकी अधिकारीले जनाएका छन् । सिया समुदायको पवित्र पर्व कसुरा मनाउन इराकको राजधानी बग्दादबाट करिब १ सय किलो मिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय भागदौड मच्चिएको हो । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । लाखौंको संख्यामा भेला भएका धर्मावलम्बीका बीच एक्कासी भागदौड मच्चिदा ठूलो क्षति भएको तर के कारणले भागदौड मच्चियो भन्ने कुरा थाहा हुन सकेको छैन । कार्बालामा रहेको सिया मुसलमानको पवित्रस्थलमा हरेक वर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन् । कसुरा पैगम्बर मोहम्मदका नाती हुसैनको मृत्युको सम्झनामा गरिने प्रार्थनासभा हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here