सुदुरपश्चिममा दशैं अघि नैं ‘फोर जी’ चलाउने टेलिकमको तयारी

90

काठमाडौं, भाद्र २५: नेपाल टेलिकमले दशैँअगाडि नै सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका मुख्य शहरलगायतका ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिने भएको छ । नेपाल टेलिकम डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरि नै ‘फोर जी’ सेवा शुरु गर्ने तयारीका साथ जुटेको नेपाल टेलिकम दिपायलका निमित्त प्रमुख प्रकाश चौधरीले बताउनुभयो । यसअघि फोर जी सेवा काठमाडौँ, पोखरालगायतका शहरहरुमा शुरु गरिएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here