धादिङमा डेंगुका विरामीको संख्या बढ्दो

58

काठमाडौं, भाद्र २५: धादिङमा भदौ महिना लागेदेखि नै डेंगुका विरामीको संख्या बढिरहेको छ । जिल्ला अस्पताल धादिङका अनुसार हालसम्म ३३ जनामा यसको संक्रमण भेटिएको छ । जिल्लामा दैनिक जसो डेंगुको संक्रमण बढेको भन्दै नियन्त्रण र रोकथामका लागि स्थानीयले आग्रह गरेका छन् । डेंगुको प्रकोप बढे पनि यसबाट कसरी बच्ने र कसरी आफ्ना गाउँ घर र टोलहरुलाई डेंगुमुक्त बनाउने भन्ने बारेमा सचेतना आवश्यक रहेको स्थानायको भनाई छ । धादिङमा डेंगुसँगै स्क्रव टाईफस पनि देखा परेको छ । भदौ महिना सुरुभएसंगै पचास भन्दा धेरै स्क्रव टाइफसका बिरामी भेटिएको अस्पतालले जनाएको छ । धादिङमा दैनिक एक सयको हाराहारीमा उच्च ज्वरोका विरामी आउने गरेका छन् । यस्ता विरामीको लक्षण डेंगुसँग मिल्ने भएकाले प्रयोगशाला परीक्षणको अभावमा यकिन गर्न समस्या भएको अस्पतालले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here