पहिरोको कारण अबरुद्द पृथ्वी राजमार्ग एकतर्फी रुपमा संचालन

74

पृथ्वी राजमार्गको धादिङस्थित गल्छीमा पहिरो गएपछि सडक अबरुद्ध भएको छ । आज बिहानबाट नै पहिरोले सडक अबरुद्ध भएको हो । सडकमा भएको अबरोधले काठमाडौबाट देशका बिभिन्न स्थानमा जाने तथा आउने सवारी जाममा परेका छन् । बिहानैदेखि भएको सवारी जामले यात्रुहरु निकै समस्यामा परिरहेको हाम्रा प्रतिनिध शिव सिलवालले जनाएका छन् । पहिरो हटाउने प्रयास जारी छ । तर अझै केही समय लाग्ने बताइएको छ । गल्छीमा यसअघि पनि पटक पटक पहिरोले मुख्य राजमार्गमा अबरोध गरेको छ । राजमार्गको छेउबाट खनिएका ग्रामीण सडकका कारण माटो बग्नुका साथै ढिस्काहरु खसेर राजमार्ग अबरुद्ध हुने गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here