प्रतिनिधि सभाको आजको बैठकमा सभामुखद्वारा डेंगु रोग नियन्त्रणका लागि सरकार र स्वास्थ्य मन्त्रालयको विशेष ध्यानाकर्षण

59

काठमाडौं,भाद्र२६: प्रतिनिधि सभाको आजको बैठकमा सभामुख कृष्ण बहादुर महराले डेंगु रोग नियन्त्रणका लागि सरकार र स्वास्थ्य मन्त्रालयको विशेष ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शुन्य र विशेष समयमा सासंदहरुले डेङ्गु रोग नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै डेङ्गु रोगका सम्बन्धमा स्वास्थ्य मन्त्रीले तत्काल जवाफ दिन माग गर्नुभयो । ग्रामिण भेगबाट विस्थापित बैंकहरुलाई पुनर्स्थापित गर्न सांसदहरुले माग गर्नुभयो । यसैगरी ऐनसेलमा राज्य ठगिएकाले यसको संसदीय छानविन हुनु पर्ने धारण समेत कतिपय सांसदहरुले राख्नु भएको छ । सांसदहरुले ईण्डो-प्यासिफिक र वि आर आईमा नेपालको सहभागिताको विषयमा राष्ट्रिय सहमति कायम गर्नु पर्ने तथा दुवै छिमेकीसंग सुमधुर सम्बन्ध कायम गर्नुपर्ने लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गरानु भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here