अबिरल बर्षाका कारण काभ्रे जिल्लाको ग्रामीण सडकहरु बन्द

153

काठमाडौं, असोज २ : तीन दिन देखिको अबिरल बर्षाका कारण काभ्रे जिल्लाको अधिकांश ग्रामीण सडकहरु ठप्प भएका छन् । जिल्लाको कोशिपारि र डाँडापारिका ग्रामिण सडकहरुको अपस्था सबेभन्दा बढी नाजुक बनेको छ । कच्चि सडकमा ठाउँ-ठाउँमा पहिरो खसेपछि स्थानीयलाई आवतजावतका निकै समस्या भएको छ । डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक खण्ड पूर्ण रुपमा नै अबरुद्ध भएको छ । पहिरो गएका कारण जिल्लाको कोशिपारि स्थित चौरीदेउरालीको यातायात पनि ठप्प भएको छ । यसैगरि अरनिको राजमार्ग अन्तरगत जिरो किलो देखि दोलालघाट सम्म धेरै ठाउँमा पहिरो गएका कारण राजमार्ग पनि अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले भुम्लु गाउँपालिका–६, कोलातीमा एउटा घर भत्किएको छ भने २५ घर जोखिममा परेका छन् । पहिरो खस्न थालेपछि धेरै स्थानीय राति नै घर छाडेर सुरक्षित स्थानमा भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । केहीलाई भने बिहान सुरक्षित स्थानमा सारिएको छ । भूम्लु गाउँपालिका –६ का वडाध्यक्ष भरतबहादुर शिवभक्तिले वस्ती नै सार्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here