संविधान दिवस ३ दिनसम्म विशेष कार्यक्रमहरु गरी मनाइँदै

229

काठमाडौं, असोज २ : संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट ३ दिनसम्म विशेष कार्यक्रमहरु गरी मनाइदै छ । नेपालको संविधान जारी भएको दिनलाइ विशेषरुपमा सम्झना गर्न प्रत्येक बर्ष असोज ३   गते संविधान दिवस मनाउने गरिन्छ । संविधान दिवसको मूल समारोह भने भोली आयोजना हुने छ । नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको हो । भोली काठमाडौको टुँडिखेलमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले विशेष समारोहको आयोजना गर्दैछ । त्यसैगरी संघ, प्रदेश र स्थानीय तहमा पनि दीपावली सहितका विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइदै छ । यस बर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र मानेर कार्यक्रम तय गरिएको छ । भोली संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारी राष्ट्रिय झण्डासहितको र्‍याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ । आज उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले राष्ट्रिय झण्डा एवं व्यानरले नगर सजाउने, आम नागरिकले घरघरमा दिपावली गर्ने लगायत कार्यक्रम गर्न मूल समारोह समितिले अनुरोध गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here