संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रिय झण्डाको व्यापक प्रदर्शन

137

काठमाडौं, असोज ३: संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउने क्रममा आज राष्ट्रिय झण्डाको व्यापक प्रदर्शन गरियो । संविधान दिवसको उपलक्ष्यमा सरकारी कार्यालयमा मात्र नभएर घरघरमा समेत राष्ट्रिय झण्डा फहराउन तथा राष्ट्रिय झण्डा सहित  उत्साहपूर्वक समारोहमा सहभागी हुन सरकारले   आह्वान गरे अनुरुप सरकारी तथा नीजिसंघ संस्थाका कर्मचारी तथा सर्वसाधारण समेत राष्ट्रिय झण्डा सहित संविधान दिवस समारोहमा  सहभागि भएका थिए । १००%  काठमाडौंको टुडिखेलस्थित संविधान दिवस मुल समारोहस्थल राष्ट्रिय झण्डामय बनेको थियो। अधिकांश व्यक्तिका हात हातमा राष्ट्रिय झण्डा देखिन्थ्यो भने कैयन् सहभागीहरूले लगाएका टी-शर्टमा समेत राष्ट्रिय झण्डा अङ्कित देखिन्थ्यो।  कार्क्रममा सहभागि हुन आ-आफ्नो कार्यालय परिषरबाट हातमा राष्ट्रिय झण्डा बोकेर कर्मचारीहरु शैनिकमञ्च टुडिखेलमा पुगेका थिए । यसरी हरेक सहभागिले हातहातमा राष्ट्रिय झण्डा लिएर संविधान दिवस मनाउन पुगेको यो पहिलोपटक हो । बिभिन्न मन्त्रालय, संघ संस्थाहरुले आ-आफ्नो ब्यानर सहित राष्ट्रिय झण्डा लिएर लाइनवद्ध रुपमा शैनिक मञ्च टुडिखेल प्रवेश गर्दा समारोहमा रौनक थपिएको थियो। देशको मुख्य प्रसासकीय स्थल सिंहदरवार परिसरमा विहान सात वजे देखीनै राष्ट्रिय झण्डा अंकित टिसर्ट लगाएका र हातमा राष्ट्रिय झण्डा बोकेका कर्मचारीहरु  लामबद्द्ध भएका देखिन्थे । संविधान दिवस मनाउन सहभागि कर्मचारीहरुलाइ पहिलो पटक सिंहदरवार पश्चिम गेट भएर पैदल बाहिर निस्कने अनुमति दिएइको थियो ।           संविधान दिवस मुल समारोह समितिले वीरता र राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डा लिएर र्यालीमा सहभागि हुन सम्बन्धित सबैसंग आग्रह गरेको थियो । नेपाल सरकारले सबै सरकारी कार्यालयमा ३ दिनसम्म राष्ट्रिय झण्डा फहराउन र राति दिपावली गरी झिलिमिलि पार्न पनि आग्रह गरेको छ । सोहि अनुसार सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराइएका छन् । काठमाण्डौ उपत्यका बाहिरका मुख्यमुख्य शहरहरुमा पनि राष्ट्रिय झण्डा लिएर हजारौ मानिस र्यालीमा सहभागि भए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here