संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर भव्य रुपमा मनाइयो

95

काठमाडौं, असोज ३: संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा अति विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सैनिक मञ्च टुडिखेलमा आयोजना गरिएको मूल समारोहमा विविध कार्यक्रमहरू आयोजना गरिए । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्काउट एवम् उपत्यकाका महानगरपालिका, नगरपालिका र विभिन्न सरकारी तथा नीजी संघ संस्था र विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक झाँकी तथा व्याण्ड नृत्य प्रदर्शन गरेका थिए ।।१००%  STORYLINE  संविधान दिवसको मूल समारोहका क्रममा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा विभिन्न संस्था र निकायले मार्च पास, सातओटै प्रदेशको विशेषता झल्कने साँस्कृतिक झाँकी, व्याण्ड बाजा र गीत एवम् नृत्य प्रदर्शन गरे । कार्यक्रमका सहभागिताका लागि काठमाडौं  लगायत देशका विभिन्न ठाउँ र संस्थाबाट सहभागीहरु सैनिक मञ्चमा र्याली सहित भेला भएका थिए । सरकारी, अर्धसरकारी, गैरसरकारी एवम् नीजी स्तरका संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै भेला भएकाहरुले बोकेको संविधान र राष्ट्रिय दिवस अंकित व्यानर, नेपालको झण्डा र पहिरनले सैनिक मञ्च भरिएको थियो । प्रमुख अतिथी राष्ट्रपति विद्यादेवी भण्डारीको आगमन संगै राष्ट्रिय गान र राष्ट्रिय झण्डोतोलनबाट सुरु भएको कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरहरुबाट संविधान दिवस २०७६ अंकित व्यानर प्रदर्शन गर्नुका साथै पुष्पबृष्टी गरिएको थियो। समारोहमा बेलुन र शान्तिका प्रतीक परेवाहरु उडाइयो । त्यस पछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल नेपाल, राष्ट्रिय सेवा दल, नेपाल स्काउट एवै सुक्षाकर्मीहरुले मार्च पास गरे ।  उपत्यकाका तीन जिल्ला, विभिन्न संघ संस्था एवं विद्यालयका विद्यार्थीहरुले पनि मार्चपास सहित झाँकी प्रदर्शन गरे । संविधान सबैको साझा हो र यसले सबै क्षेत्र, वर्ग र समुदायका जनताको हक अधिकार र संस्कृतिको संरक्षण गरेको छ भन्ने संन्देश दिन सातवटै प्रदेशको साँस्कृतिक पहिचान झल्कने नृत्य तथा गीत सहितको प्रस्तुती गरिएको थियो । कार्यक्रममा प्रस्तुत भएका झाँकीहरुले नेपाल विविध संस्कृति, धर्म र परम्पराको साझा फुलवारी हो भन्ने सन्देश दिइरहेका थिए । यसैगरी विकास निर्माण प्रदर्शनीमा देखाइएको नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी झाँकी र पशुपञ्छी तथा पशुजन्य उत्पादनको प्रदर्शनले नेपालले लिन खोजेको आर्थिक उन्नतिको बाटो बुझ्न सकिन्छ । कार्यक्रमको अन्त्यमा मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य पूर्व, नेपाल प्रहरीद्वारा समारोहको मुख्य मञ्च अगाडी निर्माण गरिएको नेपालको नक्सा आकृतिले वास्तवमै नेपाल शान्त सुन्दर र विशाल रहेको अनुभूति गराइरहेको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here