ला लिगामा रियाल मड्रिड शिर्ष स्थानमा

90

काठमाडौं, असोज ९: स्पेनको घरेलु लिग ला लिगा को जारी प्रतियोगितामा रियाल मड्रिडले अंक तालिकाको शिर्षमा स्थान बनाएको छ । लिग अन्तरगत गए राति भएको खेलमा ओसा सुना विरुद्ध २-० गोल अन्तरको जीत निकाल्दै तीन अंक जोडेको रियाल शीर्ष स्थानमा उक्लिएको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा भेनी सी एस जुनियर र रोड्रीगोले एक-एक गोल गरे । रियालले ६ खेलबाट १४ अंक बनाएको छ । अंक तालिकामा रियाललाई एट्लेटिको मड्रिडले १३ अंक सहित पछ्याइरहेको छ । यसैगरि गए राति नै भएको अर्को खेलमा बार्सिलोनाले भिल्ला रियाललाई २-१ गोल अन्तरले पराजित गर्यो भने रियाल बेटिजले लेभान्तिलाई ३-१ गो अन्तरले पाराजित गर्न सफल भयो । अन्य खेलमा भ्यालेन्सिया र गेटाफि सि एफ ले ३- ३ गोल एवं लेगानेस र एथ्लेटिको विलबाओ ले १-१ गोलको बराबरी खेले ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here