दशैं अघि नै अव्यवस्थित तार हटाउन निर्देशन

65

काठमाडौं, असोज १३:नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थालाइ दशैँअगावै अव्यवस्थित तार हटाउन निर्देशन दिएको छ । शहरी क्षेत्रमा अव्यवस्थित तारले सौन्दर्य बिगारेको भन्दै प्राधिकरणले दशैँअगावै तार नहटाए आफैँ हटाइदिने जनाएको छ । प्राधिकरणले तार तत्काल व्यवस्थित गर्न निर्देशन दिदै अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अव्यवस्थित तारका कारण शहरी क्षेत्रमा दुर्घटना बढेको र आगलागीका घटनामा समेत वृद्धि भएकाले नियन्त्रणका लागि पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई दशैँअगावै तार व्यवस्थित गर्न आग्रह गरिएको बताउनुभयो । इन्टरनेट तथा केवल सेवाप्रदायकले अनधिकृतरूपमा शहरी क्षेत्रमा तार टाँग्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले पनि यसअघि नै आफ्ना संरचना प्रयोग गर्नेलाई नियमन गर्ने तयारी गरेको थियो । संरचना प्रयोग गर्ने, तर त्यसवापत सेवा शुल्क नतिर्ने प्रवृत्तिलाई प्राधिरकणले नियन्त्रण गर्न लागेको जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here