नेपाल र जिम्बावे बीचको दोस्रो खेल आज

65

काठमाडौं, असोज १४:सिंगापुरमा भइरहेको तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र जिम्बावे संग दोस्रो खेल खेल्दैछ । सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले आज पुनः जिम्बावे विरुद्ध खेल्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा साँझ ५:१५ बाट सुरु हुने यो खेलका मैदानमा उत्रैदा गर्दा नेपाली टोलीको लक्ष्य टेष्ट राष्ट्र विरुद्ध जीत निकाल्नु रहेको छ । सिरिज अन्तरगत गत शुक्रवार भएको पहिलो खेलमा जिम्बावे संग ५ विकेटले पराजित भएको नेपाली टोली आज उक्त हारको बदला लिने लक्ष्यमा छ । आइतबार भएको खेलमा आयोजक सिंगापुरसंग जिम्बावे पराजित भएपछि नेपाल थप हौसिएको छ । किनकी त्यो पराजयले नेपाललाई अंब तालिकाको शिर्ष स्थानमा पुर्याएको छ । पहिलो चरणको खेल सकिंदा तीनओटै टोलीले एक-एकमा हार र एक-एकमा जीत हाशिल गरेका छन् र सबै टोलीको दुइ अंक नै छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ । सिंगापुर विरुद्ध भएको सिरिजको दोस्रो खेलमा कीर्तिमानी शतक प्रहार गरेका नेपालका कप्तान पारस खड्का लगायत खेलाडीहरुबाट हुने त्यस्तै प्रर्दशनले जित निकाल्ने नेपालको अपेक्षा छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here