लमजुङमा भुजुङ पर्यटन महोत्सव

87

काठमाडौं, असोज १४: स्थानीय पर्यटनको संभावनाको प्रवर्द्धन गर्ने उद्धेश्यले लमजुङको क्याबोला सोंथर गाउँपालिका ४, भुजुङमा भुजुङ पर्यटन महोत्सवको आयोजना गरिएको छ । स्थानीय स्तरमा पर्यटनको संभावना रहेको  होमस्टे, कृषि र संस्कृतिको संरक्षण र प्रचारका लागि महोत्सवको आइजना गरिएको आयोजकले बताएका छन् । तिन दिने महोत्सवको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको अथाह सम्भावना बोकेको गण्डकी प्रदेशको समृद्धि पर्यटनबाटै हुने बताउनुभयो । “भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौ, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौँ” भन्ने नाराका साथ भइरहेको महोत्सवमा सांस्कृतिक झाँकी र स्थानीय हस्तकलाका सामाग्रिहरु प्रर्दशनी संगै स्थानीय स्तरमा उत्पादित कृषि उत्पादन मुख्य आर्कषण रहेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here