सिरहाको गोलबजारमा शौचालय अभाव

58

काठमाडौं, असोज १४:  देश खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइरहेको बेला सिरहाको गोलबजारमा सार्वजनिक शौचालय नहुँदा बजार आउने सर्वसाधारणलाइ समस्या पर्ने गरेको छ । शौचालयको अभावमा  बजार आउनेहरुले खुल्ला रुपमै शौच गर्नुपर्ने अवस्था छ । सिरहाको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गोलबजार नगरपालिकाले नगरको गोलबजार, चोहर्वा बजारमा सार्वजनिक शौचालय निर्माण गरेपनि प्रयोगमा ल्याउन नस्कदा सर्वसाधारणलाइ समस्या भएको हो । नगरपालिकाले दुई वटा घुम्ति शौचालय समेत खरिद गरेको छ तर प्रयोगमा ल्याउन सकेको छैन । दुई नम्बर प्रदेशमा सिरहा पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको जिल्ला हो । तर शौचालयको अभाव र प्रयोगप्रतिको चेतनाको कमीले अहिले पनि खुल्ला रुपमै शौच गर्ने प्रबृत्ती छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here